Monday, August 8, 2022
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

आज अक्षय तृतीया, यस्तो छ यसको महत्व

ग्रीन इलाम by ग्रीन इलाम
April 26, 2020
in मुख्य समाचार, समाज
0 0
0
आज अक्षय तृतीया, यस्तो छ यसको महत्व

इलाम, १४ वैशाखः वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ ।
आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ । शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ । आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ ।
जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुनुहुने विश्वास समेत छ । यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूर्य यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको धर्मशास्त्रविद एवम नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
सर्वत र सातु दान गर्नेले यो लोकमा सुख र परलोकमा सद्गति पाउने धार्मिक विश्वास छ । यसरी दान गर्नेका पितृ पनि प्रसन्न हुने वैदिक ग्रन्थमा व्याख्या गरिएको छ । समुद्रमा पानी सकिए पनि आजका दिन दान गर्ने पुण्य नसकिने अध्यक्ष गौतमले बताए । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

Tags: आज अक्षय तृतीयायस्तो छ यसको महत्व
Previous Post

नगर बाहिर बस्ने श्रमिक र असहायहरुलाई हाल रहेकै ठाउँमा राहत उपलब्ध गराइने

Next Post

काम चोर

Next Post
समयान्तर

काम चोर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist