इलाम, २१ कार्तिकः इलाम नगरपालिका वडा नं. ११ सोयाकमा खानेपानी योजनाको उदघाटन भएको छ । नेपाल सरकारको विशेष अनुदान तथा इलाम नगरपालिका र उपभोक्ता समितिको संयुक्त लगानीमा निर्माण सम्पन्न भएका खानेपानी योजनाको शुक्रबार एक कार्यक्रमको बिच इलाम नगरका प्रमुख महेश बस्नेतले गरेका थिए ।
करिब दुई करोड अठ्चालीस लाख रुपैंया लागतको योजना अन्र्तगत डिप बोरिङ्ग प्रविधिमा आधारित यस योजनामा एकलाख लिटर क्षमताको एक, पचास हजार लिटर क्षमताको एक र दश हजार लिटर क्षमताको एक गरी तीन वटा रिर्जभ्वयर ट्ंयाकी निर्माण गरिएको छ । यसको साथै उक्त योजना हेरचाह गर्नको लागि सुविधाजनक गार्डघर पनि निर्माण गरिएको छ । यस योजनाबाट तत्कालै एकसय घरधुरी र भविष्यमा एकसय तीस घरधुरीलाई यो योजनाबाट प्रत्यक्ष लाभ पुग्ने जनाईएको छ । करिब ४ महिनाको अवधिमा यो योजना सम्पन्न भएको हो । उदघाटन कार्यक्रममा उपप्रम्ुख सुसिला नेम्बांग लगायत वडा अध्यक्ष, समाजसेवी पत्रकारहरुको उपस्थिति रहेको थियो ।