पुस २४, इलाम : माङसेबुङ गाउपालिका २ भोटेडाँडामा ट्रक दुर्घटना हुदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचगर मिक्लाजुङ गाउँपालिका ४ बष्स्ने बर्ष ३५ का किरण राई रहेका छन् । दुर्घटनापछि सख्त घाईते भएका राईलाई उपचारको लागि दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नाउब उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
निजको शव पोष्टमार्टमका लागि दमक अस्पतालको शवगृहमा राखिएको छ । पाँचथको रविबाट झापाको दमकतर्फ जादै गरेको ना ३ ख २०५ नं. को काठको गोलिया बोकेको ट्रक रवि दमक सडकखण्डमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ट्रक आफै अनियन्त्रित भई सडकदेखि २ सय मिटर तल खसेको थियो । मेहेले ताप्लेजुङका २० बर्षिय ट्रक चालक प्रमोद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।