Monday, August 8, 2022
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

नेपालमा पनि प्लाज्मा थेरापी प्रभावहीन

भेन्टिलेटरमा पुगेको बिरामीलाई रेम्डेसिभिर नदिन सर्कुलर

ग्रीन इलाम by ग्रीन इलाम
May 18, 2021
in मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
0 0
0
नेपालमा पनि प्लाज्मा थेरापी प्रभावहीन

इलाम, ४ जेठः नेपालमा मेडिकल काउन्सिल(एनएमसी)ले कोभिड १९ का बिरामीलाई हुँदै आएको उपचारमा नयाँ गाइडलाइन जारी गर्दै प्लाज्मा थेरापीबाट  हुने उपचार प्रभावहीन देखिएको भनेको छ । मेडिकल काउन्सिलबाट लाइसेन्सप्राप्त चिकित्सकहरुलाई गाइडलाइन्स जारी गर्दै एनएमसीले यस्तो आग्रह गरेको हो । भारतमा समेत प्लाज्मा थेरापी विधिबाट कोभिडका बिरामीको उपचारबाट प्रतिफल प्राप्त भएको प्रमाणित नभएको उल्लेख गर्दै हिजोदेखि यो विधिलाई नपछ्याउन भनिएको छ । यही सेरोफेरोमा एनएमसीले पनि नयाँ गाइडलाइनबाट प्लाज्मा थेरापीलाई प्राथमिकतामा नराख्न र यो विधिबाट उपचार नगर्न भनेको हो ।

एनएमसीले प्रष्ट रुपमा हस्पिटलमा भर्ना भइसकेका बिरामीलाई प्लाज्मा थेरापी विधिबाट उपचार नगर्न भनेको छ । प्लाज्मा थेरापीबाट उपचारकै कारण कोभिड १९ को संक्रमण ठीक भएको हालसम्म पर्याप्त प्रमाण तथा तथ्यहरु नरहेको एनएमसीको प्रष्टीकरण छ । एनएमसीले कोभिडका गम्भीर बिरामीलाई दिइने गरिएको रेम्डेसिभिर औषधि प्रयोगका लागि समेत गाइडलाइन जारी गरेको छ । कोभिडले गम्भीर बिरामी परेका बिरामीलाई लक्षण सुरु भएको १० दिनभित्रै रेम्डेसिभिर दिनसकिने गाइडलाइनमा उल्लेख छ । यस्तै, एन्टीभाइरल औषधिले मृत्युदर नघटाएको देखिएको उल्लेख गर्दै यस्ता औषधिको प्रयोगले अस्पताल बस्ने अवधि मात्रै घटाउने गरेको भनिएको छ ।

भेन्टिलेटरमा पुगिसकेका कोभिड बिरामीलाई रेम्डेसिभिरको प्रयोग प्रभावहीन देखिएको समेत गाइडलाइनमा उल्लेख छ । अक्सिजन स्याचूरेसनको लेभल ९० प्रतिशतभन्दा कम भएमा मात्र अक्सिजन सामान्य सपोर्ट सुरु गर्न समेत एनएमसीले भनेको छ । तर, फोक्सोको गम्भीर समस्या भएका बिरामीका लागि भने अक्सिजनको लेभल ८८ प्रतिशतभन्दा कम भएपछि अक्सिजनको सप्लीमेन्ट सुरु गर्नुपर्ने सुझाइएको छ ।

Tags: प्लाज्मा थेरापी
Previous Post

इलाम अस्पतालको अवस्था बारे इलामेहरु गम्भीर, झापाबाट करिब २ लाख रुपैयाँको स्वास्थ्य सामाग्री आउने

Next Post

नेपालमा पनि देखियो भारतको जस्तै ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरस

Next Post
नेपालमा पनि देखियो भारतको जस्तै ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरस

नेपालमा पनि देखियो भारतको जस्तै 'डबल' र 'ट्रिपल म्युटेन्ट' कोरोना भाइरस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist