Monday, August 8, 2022
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

इलामका जेष्ठ नागरिकहरुलाई पनि लगाउन थालियो “भेरोसेल” खोप

ग्रीन इलाम by ग्रीन इलाम
June 8, 2021
in मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
1 0
0
इलामका जेष्ठ नागरिकहरुलाई पनि लगाउन थालियो “भेरोसेल” खोप

इलाम, २५ जेठः आज मंगलबारबाट देशभरका सबै जिल्ला सहित इलाममा पनि विभिन्न उमेर समूहका जेष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको “भेरोसेल” खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय इलामले इलाम सदरमुकाममा मंगलबार बिहान संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार इलाम जिल्लामा ८ हजार ८ सय ६३ जना ६० देखि ६४ वर्ष उमेर समूहको लागि खोप लगाउने भनिएता पनि खोपको उपलब्धताको कारण ६३ देखि ६४ वर्ष उमेर समुहका ४ हजार ४ सय ३१ जनालाई मात्र खोप लगाईने भएको हो । जस अनुसार इलाम, देउमाई, माई र सुर्योदय नगरपालिकामा क्रमशः ७ सय ६१, ५ सय, ५ सय ६ र ८ सय ७० भायल खोप लगाईने बताईएको छ । त्यस्तै माईजोगमाई, सन्दकपुर, फाकफोकथुम, माङसेबुङ, चुलाचुली र रोङ गाउँपालिकामा क्रमशः ३ सय २१, २ सय ४४, ३ सय २८, २ सय ८२, ३ सय २९ र २ सय ९० जनालाई खोप लगाईनेछ ।
इलाम जिल्लाको ४ प्राथमिक स्वास्थ्य केन्द्र (प्याङ, पशुपतिनगर, फिक्कल र मंगलबारे), ४४ वटा स्वास्थ्य केन्द्र (साबिक गाविसमा रहेको स्वास्थ्य चौकी) र इलाम सदरमुकाममा रहेको मातृ शिशु स्वास्थ्य क्लिनिकमा यो खोप लगाईन्छ । यसको अलावा इलाम नगरपालिकाको हकमा भने साखेजुङ, सुम्बेक, पुवामझुवा, बरबोटे, गोदक, सोयाक, साङरुम्बा स्वास्थ्य केन्द्र र इलाम सदरमुकामको मातृ शिशु क्लिनिक रहेको छ । उक्त खोप केन्द्रमा जाँदा जन्म मिति २०१४।०१।०१ देखि २०१६।०१।०१ साल भित्र रहेको उमेर समुहका व्यक्तिले उमेर खुल्ने नेपाल सरकारद्धारा जारी गरिएको कुनै पनि परिचय लिएर जानु पर्ने जनाईएको छ । स्मरण रहोस यस उमेर समुहका व्यक्तिहरुलाई जेठ २७ गतेसम्म मात्र खोप प्रदान गरिने छ ।
स्वास्थ्य कार्यालय इलामले दिएको जानकारी अनुसार हाल लगाउादै गरेको भेरोसेल खोप पनि कोभिसिल्ड खोप झैं २ पटक ३ देखि ४ महिनाको अन्तरालमा लगाउनु पर्ने हुन्छ । १८ वर्ष उमेर माथिका सबैले लगाउन मिल्ने यो खोप एलर्जी भएका व्यक्ति, भ्याक्सिनबाट एलर्जी हुने व्यक्तिले खोप प्रयोग नगर्न सुझाव रहेको छ । त्यस्तै रगत पातलो बनाउने औष्धी सेवन गर्ने व्यक्ति, दिर्घ रोगीहरुले चिकित्सकको निगरानीमा खोप लगाउन सकिने समेत जनाईएको छ ।

Previous Post

इलाम वडा नं. ४ का किसानलाई ३५ सय बढी कागतीको विरुवा वितरण

Next Post

कन्याममा केवल टिभीको रवैया देखि सेवाग्राही हैरान

Next Post
कन्याममा केवल टिभीको रवैया देखि सेवाग्राही हैरान

कन्याममा केवल टिभीको रवैया देखि सेवाग्राही हैरान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist