Monday, August 8, 2022
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

राती हिंडडुल निषेध, सांस्कृतिक काममा १५ जना भन्दा बढी भेला हुन नपाउने

मलामी/बिहे-व्रतबन्धमा १५ जना भन्दा बढी भेला हुन नपाइने

ग्रीन इलाम by ग्रीन इलाम
June 19, 2020
in मुख्य समाचार, राजनीति, समाज
0 0
0
इलाम माईजोगमाई गाउँपालिकाको गीत ।
इलाम, ५ असारः सरकारले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको छ। गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गर्दै अत्यावश्यक कामबाहेक आफू रहेको आवास वा कार्यालयबाट आवतजावत नगर्न भनेको छ। ‘लकडाउनलाई खुकुलो पारेसँगै यसलाई व्यवस्थित गर्नलाई मापदण्ड बनाइएको हो। रातको समय पारेर मानिसहरूको अव्यवस्थित हिँड्डुल नहोस् भनेर यो प्रावधान राखिएको हो’, गृह सहप्रवक्ता उमाकान्त अधिकारीले भने,‘सरकारले जारी गरेको मापदण्ड सबै जिल्ला प्रशासन कार्यालयलाई पठाइएको छ।’ तोकिएको सेवा प्रदायक संस्थाहरू व्यवसायिक आदिले आ-आफ्ना निकायबाट सेवा प्रवाह गर्दा सेवा प्रदायक र सेवाग्राहीबीचको २ मिटरको सामाजिक दूरी कायम गर्ने/गराउने र सम्भव भएसम्म सामानहरूको स्यानिटाइज गर्ने भनिएको छ। ‘आवतजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्ने,गराउने र तोकिएको वस्तु वा सेवाको कारोबार गर्दा वा कार्यस्थलमा कामकाज गर्दा सेवा प्रवाह एवं आवतजावत लगायतका कार्यमा ‍संलग्न रहने व्यक्तिहरूले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने,स्यानिटाइजर साथमा राख्ने,’बन्दाबन्दीलाई व्यवस्थित गर्ने मापदण्डमा भनिएको छ,’मालसमान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरूले चालक,सहचालकबाहेक अन्य कुनै पनि यात्रुहरूको ओसारपसार नगर्ने/नगराउने।’
विवाह-ब्रतवन्ध मृत्यु-संस्कार चाडपर्व पूजापाठ लगायतका सामाजिक तथा साँस्कृतिक कार्यक्रम गर्नैपर्ने अवस्थामा १५ जनाभन्दा बढी भेला गर्न नपाइने प्रावधान राखिएको छ। यस्ता कार्यमा सामाजिक दूरी कायम गर्नुपर्ने समेत भनिएको छ। मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरूले चालक,सहचालकबाहेक अन्य कुनै पनि यात्रुहरूको ओसारपसार गर्न नपाइने नियम समेत सरकारले बनाएको छ। उद्योग कलकारखाना,भौतिक पूर्वाधार,विकास निर्माण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा एक स्थानमा एक पटकमा १० जना भन्दा बढी व्यक्तिहरू जम्मा हुन नपाउने व्यवस्था गर्न समेत गृहले निर्देशन गरेको छ। त्यस्तै सेवा प्रदायक संस्थाहरूले दुई सिफ्टमा कार्यालय सञ्चालन गर्नुपर्ने भनिएको छ भने कार्यालय प्रवेश विन्दुमा अनिवार्य रूपमा ज्वरो नाप्ने, स्यानिटाइजर वा साबुन पानीले हात धोएर मात्र प्रवेश गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान सरकारले बनाएको छ। कार्यालयमा सबैले अनिवार्य मास्क लगाउनैपर्ने,कर्मचारीहरूबीच दुई मिटरको दूरी कायम हुनुपर्ने,एउटै कोठामा धेरै कर्माचारी बस्नपर्ने भएमा निश्चित दूरी कायम गर्नुपर्ने नियम सरकारले बनाएको छ। सम्भव भएसम्म अनलाइन सेवामार्फत् सेवा दिने र सो व्यवस्था नभएमा सेवाग्राहीहरूसँगको सम्पर्क दूरीलाई कम गर्न झ्यालबाट सेवा दिन सकिने व्यवस्था मिलाउन र शुल्क वा राजस्व लिँदा नगदमा नभई बैंक भौचरमार्फत् कारोबार गर्न अनिवार्य गरिएको छ। भीडभाड नगरी सम्बन्धित व्यक्तिमात्र आवश्यक कागजात लिएर कार्यालयमा सेवा लिन जाने र अनिवार्य रूपमा मास्क लगाउनपर्ने समेत प्रावधान सरकारले राखेको छ। कार्यालय परिसरमा सेवाग्राही जाँदा २ मिटरको भौतिक दूरी कायम राख्नैपर्ने र आफ्नो काम सम्पन्न हुने बित्तिकै कार्यालय बाहिर निस्कने र अनावश्यक भीडभाड नगर्न समेत भनिएको छ।
Tags: राती हिंडडुल निषेधसांस्कृतिक काममा १५ जना भन्दा बढी भेला हुन नपाउने
Previous Post

बृद्धाश्रममा मनोरञ्जनात्मक दिवा सेवा कार्यक्रम सम्पन्न

Next Post

आज विश्व शरणार्थी दिवस

Next Post
आज विश्व शरणार्थी दिवस

आज विश्व शरणार्थी दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist